बस दुर्घटना हुँदा १० जना घाइते

आइतवार, साउन २६, २०७६



काठमाडौं । भोजपुरमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन ।  आइतबार भोजपुरको टेम्केमैयुङको अन्नपुर्णबाट विराटनगर जाँदै गरेको मे.१ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको चम्पिरे खोला नजिकै दुर्घटनामा परेको हो ।
बस घुम्तीमा अनियन्त्रित भई  सडकको नालीमा खसेको हो ।

घाइतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । घाइते मध्ये बसका सहचालक अर्जुन लिम्वुको अबस्था गम्भिर रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् ।

बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments