जीप दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते

शुक्रबार, साउन ३, २०७६



काठमाडौं । बाजुराको पिलचौरबाट कालिकोटको लालिघाट जाँदै गरेको जीप दुर्घटना भएको छ ।

शुक्रबार विहान पिलुचौरबाट कालिकोटको लालीघाट तर्फ जाँदै गरेको क १ ज २१ नम्बर बलेरो पिक अफ जीप बाजुराको जगन्नाथ गाउपालिका वडा-५ को भुकाँ खोला नजिकै दुर्घटना हुँँदा जीप चालक सहित एक यात्रुको दुर्घटना स्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा परि जीप चालक कैलाली टिकापुर-४ बस्ने २६ वर्षीय रमेश बोगटी र मुगु खत्याड गाउँपालिका वडा ६ का २४ वर्षीय राम बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धबसिंह भाटले नेपालपाटी डटकमलाई जानकारी दिएका छन ।

प्रहरी नायव उपरिक्षक भाटका अनुसार, जीप दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा गम्भीर भएकाहरुलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लैजान पहल भइरहेको छ । अन्यको कोल्टी प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा उपचारका लागि पहल गरिएको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata