जीप दुर्घटना हुँदा दुई जना घाइते

सोमवार, असार ३०, २०७६

- दिपक राज जोशी



बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा जीप दुर्घटना भएको छ । नगरपालिकाको सुबेडामा किमतोला छयाला सडक खण्ड मेलमुडामा से १ ज ६९० नम्बरकाे जीप दुर्घटनामा परेकाे हाे ।

जीप दुर्घटनामा परि रुपक बोहरा र सिर्जना बोहरा गम्भीर घाइते भएका छन ।  जीप चालक फरार रहेका छन । उक्त जीपमा १४-१५ जना यात्रु रहेका थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेकाे जिल्ला  अस्पताल  बझाङका डा. सन्दिप ओखेडाले जानकारी दिएका छन ।

घटनास्थलका प्रत्यक्षदर्शी धर्म भण्डारीका अनुसार जीपमा सवार दुई जना बाहेक अरु सकुशल रहेका छन ।

 फरार रहेका जीप चालक सुबास कठायतको खोजि भइरहेको देवल विमानस्थल सुरक्षा गार्डका प्रहरी प्रमुख चक्रदेब भट्टले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata