तीन सवारी साधन एक आपसमा ठोक्किदा तीनजनाको मृत्यु

आइतवार, असार १५, २०७६



धादिङ । धादिङको बेनिघाटमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार काठमाडौंबाट छुटेको लु १ ख ९०७९ नम्बरको यात्रुबहाक बस र पोखराबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रोबस र सोही दिशाबाट आउँदै गरेकाे ना २ ख ४५६७ नम्बरको माइक्रोबस  एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि ३० जना भन्दा बढी घाइते भएका छन । घाइतेमध्ये ६ जनाको अबस्था गम्भिर रहेको जनाइएकाे छ । घाइतेहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरिक्षक हेमराज घिमिरेले जानकारी दिएका छन ।

प्रहरी निरिक्षक घिमिरेका अनुसार काठमाडौंबाट यात्रु सहित आएको बस तिब्र गतिमा रहेको र पोखराबाट आएको माइक्राेबसलाई सोही दिशाबाट आएको अर्काे माइक्रोबसले उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata