टिप्परले मोटरसाइलाई ठक्कर दिदा दुई जनाको मृत्यु

बुधबार, असार ४, २०७६



उदयपुर । टिप्परकाण्ड अझै रोकिएको छैन । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरमा दुई जनाको मृत्यु भएको छ।

बुधबार विहान १० बजे बसाहबाट बेल्टार जाँदै गरेको बा२क ७०९ नम्बरको टिप्परले सोही दिशामा जाँदै गरेको स१प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसायकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार चौदण्डिगढी नगरपालिका–४ बसाहाका ४५ वर्षीय खगेन्द्र राई र ३५ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । टिपरका चालक फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata