अटोले मोटरसाइकललाई ठक्कर दिदा वडा सचिवको मृत्यु

शुक्रबार, जेष्ठ ३१, २०७६



सुर्खेत । वीरेन्द्रनगरको मुलपानीबाट यरिचोकतर्फ गइरहेको भे १ ह ३८७४ र वडा सचिव सवार भे ७ प १८३४ नम्बरको मोटरसाइल एक आपसमा ठोक्किएर वडा सचिवको मृत्यु भएको छ ।

गएराति वीरेन्द्रनगरको यरिचोकमा भएको दुर्घटनामा वीरेन्द्रनगर–२ वडा कार्यालयका सचिव नारायणदेव गिरीको मृत्यु भएको हो। अटोले मोटरसाइललाई ठक्कर दिदा घाइते भएक वडा सचिवको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

अटो चालक दिपककुमार सावदलाई नियन्त्रणमा लिएको प्रहरीको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata