ट्रकले बसलाई ठक्कर दिदा दुई भारतीय तिर्थयात्रीको मृत्यु

मङ्लबार, जेष्ठ २८, २०७६



रौतहट । राेकिराखेको बसलाई ट्रकले ठक्कर दिदा दुई भारतीय तिर्थयात्रीको मृत्यु भएको छ ।

काठमाडौंबाट भारतीय तिर्थयात्री बोकेर जनकुपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट रत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशालको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै ट्रकको ठक्करबाट २१ जना यात्रु घाइते भएका छन । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ ।

सामान्य घाइतेहरु घर फर्केका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata