मिनिट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

शुक्रबार, जेष्ठ १०, २०७६



दैलेख । मिनिट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका १, रिगलपानीमा शुक्रबार मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

ट्रक सडकबाट करिब तीनसय मिटर तल खसेको अवस्थामा भेटिएको छ । दुर्घटनास्थल नजिकै ३ वटा शव जलेको अवस्थामा भेटिएको रहेको प्रहरीले जनाएको छ ।

ट्रक  पूर्ण रुपमा जलेकाले नम्बर प्लेट नचिनिएको र लास समेत जलेको अवस्थामा फेला परेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata