जीप दुर्घटना तीनको मृत्यु, तीन घाईते

आइतवार, जेष्ठ ५, २०७६



बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन घाईते भएका छन् ।

जिल्लाको देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीप दुर्घटनामा परि मृत्यु हुनेमा दशरथचन्द नगरपालिका- १० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । त्यस्तै अर्का एक जनाको हालसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका- १० का प्रकाश भट्ट, कञ्चनपुरको  महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट घाइते भएका छन्। घटनाको कारण भने खुल्न नसकेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata