त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । धादिङको आदमघाट नजिक बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटार नजिकै घुम्तीबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्।

त्यस्तै प्रकाश श्रेष्ठ, शेखर मगरको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्य २३ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata