त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २९ जना घाइते

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस आइतबार विहान पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको छ । बस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । ना ७ ख ४३८७ नम्बरको बस आज विहान गजुरी गाँउपालिका ६ बन्छेटारवाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा परेकामध्ये चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुको गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भैरहेको छ । बस सडकवाट करिव पचास मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank