ट्यांकरको ठक्करबाट सुनधारामा एक युवतीको मृत्यु

शुक्रबार, जेष्ठ ३, २०७६



काठमाडौं । पछिल्लो समय सडक दुर्घटनाले भयानक रुप लिइरहेको छ । उपत्यका बाहिर मात्रै हैन उपत्यका भित्रै पनि सडक दुर्घटना बढ्दै गइरहेका छन् ।
शुक्रबार विहान काठमाडौंको मुटु मानिने सुनधारामा ट्याङकरको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।

बिहान सवा १० बजेतिर नागस्थानबाट वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशाबाट आइरहेको बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा युवतीको मृत्यु भएको हो ।  ट्याङकरको ठक्करबाट काभ्रे, पनौती १० की २३ वर्षीया सुनिता खत्री गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा खत्रीको ट्रमा सेन्टरमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनसेवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामशरण केसीको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक र ट्याङकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata