नेकपाका स्थानीय नेताको विरुद्ध किटानी जाहेरी

बुधबार, जेष्ठ १, २०७६

- लक्ष्मी जैशी 



कञ्चनपुर । सडक दुर्घटनामा बृद्धको मृत्यु भएपछि नेकपाका स्थानीय नेताको नाममा किटानी जाहेरी परेको छ ।

दुई साताअघि मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको घटनामा पीडित परिवारले नेकपाका नेता गोपाल रसाइलीका नाममा किटानी जाहेरी दिएका हुन ।

वैशाख २७ गते मृतकका भाइ गोविन्दसिंह कुंँवरले रसाइलीले चलाएको मोटरसाइकलले ठक्कर दिई दाइ तारासिँंह कुवरको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका हुन ।

वैशाख १५ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका भासी क्षेत्रमा महेन्द्रनगरबाट घर तर्फ गइरहेका ६५ वर्षीय कुंँवर मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए ।

उनको उपचारकै क्रममा दोस्रो दिन भारतको बरेलीस्थित राममूर्ति मेडिकल ट्रष्टमा मृत्यु भएको थियो । तर किटानी जाहेरी दिएर पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा नलिएको मृतक तारासिंहका भाइ शेरसिंह कुवरले बताए ।

उनका अनुसार घटना भएपछि रसाइलीले नै घाइतेलाई महाकाली अञ्चल अस्पतालसम्म र्पुयाएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ज्ञान बहादुर बिष्ट ले भने रसाइलीका नाममा किटानी जाहेरी परेको र उनको खोजी भइरहेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank