७ सुरक्षाकर्मी घाइते, ठूलो मात्रामा शसस्त्र प्रहरी परिचालन

मङ्लबार, बैशाख १७, २०७६

- यज्ञराज उपाध्याय



लम्की । कैलालीको लम्किमा मंगलबार बिहान ट्रकले ठक्कर दिएर घाइते भएकी स्थानीय १९ वर्षीया सुनिता रावललाई ट्रक ब्याक गरि पाङ्ग्राले कुल्चेर मारेपछि आक्रोशित बनेका मृतकका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । घटनास्थलमा आक्रोशित आन्दोलनकारीले लम्की चौराहमा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा गरेका छन ।

आक्रोशित स्थानीयहरुको आन्दोलनमा परि ७ जना प्रहरी सहित एक शिक्षक  घाइते भएका छन । घाइतेहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय पत्रकार रमित पाण्डेका अनुसार आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरीकाे टाउकोमा चोट लागेको हो । आन्दोलनले उग्र रुप लिएपछि लम्कीमा ठूलो मात्रामा शसस्त्र प्रहरी परिचालन गरिएको छ ।  करिब २ सय भन्दा बढी शसस्त्र प्रहरीको फोर्स अहिले घटनास्थलमा तैनाथ गरिएकाे प्रहरीले जनाएकाे छ ।

लम्की बहुमुखी क्याम्पसमा पढ्ने मृतक रावललाई जवरजस्ती कुल्चेर मारेको भन्दै ट्रकलाई जलाएर चालकलाई समेत मार्ने माग सहित सडकमा उत्रिएका स्थानीयहरुलाई  शसस्त्र प्रहरीले सम्हाल्ने काेशीस गरिरहेकाे छ । सिमेन्ट लोड गरेर पश्चिमबाट पुर्व गइरहेको ट्रक र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank