काठमाडौंबाट गोर्खा जाँदै गरेको बस दुर्घटना दुईको मृत्यु, २४ घाइते

आइतवार, बैशाख ८, २०७६



धादिङ । काठमाडौंबाट गोर्खाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख १४१५ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दोलखा चरिकोटका हरिबंश केसीको मात्रै पहिचान खुलेको छ ।  दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।घाइतेहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata