यात्रुवहाक बस दुर्घटना हुँदा दुईकाे मृत्यु, ५० जना घाईते

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । धनकुटाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ । को २ ख २७१३ नम्बरको बस धरानको जीरोप्वायन्टमा दुर्घटनामा परेको हो ।  दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५० जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata