मलेसिया बस दुर्घटनामा पाँच नेपाली कामदारको निधन

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँच जना नेपालीको बस दुर्घटनामा परि निधन भएको छ । मलेसियाको चर्चित समाचार माध्यम मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा ड्राइभर,पाँच नेपाली ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको गरि ११ जनाको निधन भएको हो । बसमा ४३ जना यात्रु सवार रहेका थिए । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण भने खुलाइएको छैन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata