होलीको अबसरमा बसन्तपुरमा भागदौड, तीन जना घाइते

बुधबार, चैत्र ६, २०७५



काठमाडौं । रंगहरुको पर्व होलीको अबसरमा काठमाडौंको बसन्तपुरमा भागदौड मच्चिएको छ । होली खेलिरहेका समूहबीच ठेलाठेल हुँदा तीन जना गम्भीर घाइते भएका छन् । होली खेल्न जम्मा भएका दर्शकहरुको ठेलाठेलमा परि एक जना बालक सहित तीन जना गम्भीर घाइते भएको स्थानियले जनाएका छन् ।

होली खेल्नेको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे भएको छ । घटनाको सम्बन्धमा प्रहरीको जनसेवा संञ्चारले आफूहरुलाई जानकारी आइनसकेको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata