नयाँ साल छुट्टीको दौरान सडक दुर्घटनामा ४६३ ले जीवन गुमाए

बिहिबार, पुस १९, २०७५



एजेन्सी । सन २०१८ को डिसेम्बर २७ देखी २०१९ को २ जनवरी सम्म चलेको नयाँ सालको छुट्टी मनाउन क्रममा थाइल्याण्डको सडक दुर्घटनामा मर्नेको संख्या ४६३ रहेको छ ।

उक्त अवधीमा घाइतेहरुको संख्या ४ हजार नाघेको अधिकारीले जनाएका छन् । थाइल्याण्डमा नयाँ सालको छुट्टी मनाउने क्रममा भएको सडक दुर्घटना पछिल्लो सालको भन्दा यस वर्ष अधिक रहेको जनाइएको छ ।

पछिल्लो वर्ष यसै अवधीमा ४२३ मानिसले जीवन गुमाएका थिए । नयाँ सालको दिन मात्र भएको सडक दुर्घटनामा जीवन गुमाउनेको संख्या ८९ रहेका थियो भने ७ सय घाइते रहेको थाइल्याण्डको डिडिपीएमले जनाएको छ ।

थाइल्याण्डमा स्थानियले मान्ने सात खतरनाक दिन यस वर्षको बुधबार सम्पन्न भएको छ । प्रत्येक वर्ष नयाँ सालको छुट्टीको दौरान दुर्घटना घटाउन अनेक उपाय अपनाइए पनि सफलता हात परेन ।

अधिक मदिरा सेवन गरि सवारी हाक्ने कारणले अधिंकाश दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । दुर्घटनाको ८० प्रतिशत घटनामा मोटरसाइकल रहेका छन् । जुन थाइल्याण्डमा अत्यन्त लोकप्रिय साधन मानिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata