दुर्घटनामा सांसदका छोराको मृत्यु

बिहिबार, मंसिर २०, २०७५



नवलपरासी । नवलपुरको प्रगतिनगरमा भएको स्कुटर दुर्घटनामा परी गण्डकी प्रदेशका सांसद ओमकला गौतमका छोराको निधन भएको छ । ना ३२ प ८३९० को स्कुटर पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१५ मा मंगलबार राति दुर्घटना हुँदा त्यसमा सवार कावासोती नगरपालिका–८ का नवीनराज गौतमको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते गौतमलाई चितवनको भरतपुर अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनाको कारण नखुलेको र सो घटनाबारे अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank