बालाजुमा स्कुटरलाई ट्रकले किच्यो दुई महिलाको मृत्यु

loading...

शुक्रबार, फाल्गुन ६, २०७३



काठमाडौं । काठमाडौमा लामो समयपछि फेरि स्कुटर दुर्घटना भएरु २ जनाको मृत्यु भएको छ । काठमाडौंका बालाजुबाट माच्छापोखरी जाँदै गरेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको । शुक्रबार दिउँसो बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको हो ।

स्कुटीमा सवार मकवानपुर मनहरि ५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे९६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

588 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom