डडेल्धुरामा जीप दुर्घटना दुईको मृत्यु, १७ घाइते

शनिबार, मंसिर १, २०७५



डडेल्धुरा । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिलकामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शनिवार विहान ११ बजे भएको म १ ज १८० नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि जीप मालिक भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र जीपमा सवार २५ वर्षीय धर्म मडैको मृत्यु हुनुका साथै १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरुको उपक्षेक्षिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जनाइएको छ ।

जीप भागेश्वर गाउँपालिलका वडा ४ स्थित कुर्ङाइलमा सडकबाट खोलामा खसेको थियो ।

165 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank