डोल्पामा जीप दुर्घटना हुँदा १० जनाकाे मृत्यु

सोमवार, कार्तिक १९, २०७५



डोल्पा । डोल्पाको कालगौंडाबाट भेरी नदिमा खस्दा १० जनाको मृत्यु भएको छ । डोल्पाको सदरमुकाम दुनैबाट त्रिभुराकोट जाँदै गरेको भे १ ज १६१० नम्बरको जीप भेरी नदिमा खसेको स्थानियले जनाएका छन् । जीपमा १२ जना सवार रहेका थिए ।

जीप दुर्घटनामा परेका वडा अध्यक्ष र चालकलाई जीवितै उद्दार गरेको छ । उनीहरुको जिल्ला अस्पताल डोल्पमा उपचार भइरहेको छ । जीप दुर्घटनामा परेका दुईजनाको भने जीवितै उद्दार गरेको प्रहरीले जनाएको छ ।

नेपाली सेना प्रहरी र स्थानियको सहयोगमा घाइतेको उद्दार गरेका थिए । मृतकहरुको सनाखत भई नसकेको प्रहरीले जनाएको छ ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank