सुरे आतिशवाजीमा दुर्घटना: आठ बच्चाको अबस्था चिन्ताजनक

आइतवार, कार्तिक १८, २०७५



सुरे लण्डन । वोकिङ जिल्ला रोटरी क्लबद्वारा आयोजित आतिशबाजी प्रदर्शनमा अनुमाानित १२ हजार मानिस भेला भएका थिए ।  आतिशबाजी प्रदर्शन हुनुभन्दा पहिला एक विशाल स्लाइड ध्वस्त हुन जाँदा ८ बच्चाको अवस्था अत्यन्त गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते बच्चालाई अस्पतालमा भर्ना गरिएको छ । आतिशवाजी कार्यक्रम स्थगित गरिएको छ । वोकिंङको एक विवाहीत जोडी आफ्नो नौ महिने बच्चालाई लिएर अतिशवाजी समारोहमा गईरहेको समयमा उनीहरुले १५ देखी २० बच्चालाई स्लाइड पतनमा पर्दै गरेकाे देखेका थिए । हामीले बच्चाहरु कराएका रोइरहेका सुनेका थियौं । प्रहरीको भनाई अनुसार कयौं बच्चालाई गहिरो चोट लागेको छ ।

स्काई न्युजलाई एक दम्पतीले बताए अनुसार स्लाइट भत्कीएको समय बच्चाहरु चढिरहेका थिए । त्यहाँ उपस्थित कसैले पनि सवारी संख्यामा निगरानी नगरेको बताएको छ ।

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank