कास्कीमा ट्याक्टर दुर्घटना एकको मृत्यु एक घाईते

शुक्रबार, कार्तिक १६, २०७५



कास्की । कास्कीमा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।  मादी गाउँपालिका ५ काउरेमा गएराति ग १ त १९८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार पोखरा महानगरपालिका १३ आर्वाका १७ वर्षीय गोविन्द बरालको मृत्यु भएको हो ।

दुर्घटनामा परि मादी गाउँपालिका ५ थाचोक बस्ने लम्जुङकी २९ वर्षीया सुमित्रा राई घाइते भएकी प्रहरीले जनाएको छ । उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank