पाकिस्तानमा बस दुर्घटना १७ को निधन

सोमवार, कार्तिक १२, २०७५



इस्लामावाद । उत्तरी पाकिस्तानको काेहिस्तान जिल्लामा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको छ ।  वरिष्ट प्रहरी अधिकारी राजा अब्दुल सबुरले बताए अनुसार दुर्घटनामा अझै ८ यात्री गायब रहेका छन् ।

उक्त दुर्घटनाबाट बाँच्न सफल एक मात्र जीवित साक्षी महिलाले बताए अनुसार, दुर्घटना घुम्तीमा टायर पट्कीएपछि भएको थियो । बस खाइमा खस्नु अगाडी फुत्कीएकी ती महिलाका अनुसार बसमा २६ मानिस रहेका थिए ।

कोहिस्तान र गिलगिट बाल्टिस्तान क्षेत्रमा सडक दुर्घटनालाई सामान्य मानिन्छ । आइतबार राती राजधानी इस्लामाबाद नजिकै रावलपिण्डबाट उक्त बस करिब ५५० किलोमिटर टाढा जाँदै गरेको थियो । कच्ची पहाडी मार्गमा खनिएको उक्त सडकमा यात्रा गर्न १८ घण्टा समय लाग्ने गर्दछ ।

सन् २०१६ को एक अध्ययन अनुसार पाकिस्तानमा प्रत्येक वर्ष सडक दुर्घटनामा करिब २९ हजार ३ सय मानिसले ज्यान गुमाउने गरेको तथ्याङकले जनाएको छ ।

107 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank