भिक्टोरियाको तालमा पानी जहाज डुब्दा ४४ को मृत्यु

शुक्रबार, अशोज ५, २०७५



तान्जानीया । सर्वसाधारण मानिस बोकेको पानी जहाज डुब्दा दक्षिण भिक्टोरिया तान्जानीयामा ४४ जनाको मृत्यु भएको छ ।

३७ जनालाई उद्दार गरेपछि रातको कारण स्थिगीत उद्दार कार्य पुन सुरु गरिएको छ । तान्जानीयाको इलेक्ट्रीक,मेकानिकल र सर्भिस एजेन्सीको भनाई अनुसार एमभी न्येरेरे नामको पानी जहाज विहिबार साँझ उकारादिप नजिकैको तालमा डुब्न पुगेको थियो ।

जहाज अपरेटरको भनाई अनुसार,यात्रुको संङ्ख्या अज्ञात थियो । भिक्टोरीया तालमा यसरी जहाज डुब्नुलाई ओभरलोडिङ र मौसमको कारण जनाइएकोे छ ।

jahaj

जहाजमा सवार यात्रुलाई टिकट बेच्ने मानिस आफै डुबेको कारण जहाजमा सवार यात्रुको संङ्ख्या एकिन गर्न नसकिएको हो । अनुमान गरिए अनुसार सय जना यात्रु बोक्ने क्षमता भएको सानो जहाजमा सवार करिब ४ सय यात्रु रहेको आशंका गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank