मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आइतवार, भदौ २४, २०७५



धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

76 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank