अछाम सरोकार मञ्च जापानको प्रथम भेला सम्पन्न

शनिबार, भदौ ३०, २०७५



काठमाडौँ । अछाम सरोकार मञ्च जापानको स्थापनार्थ प्रथम भेला सम्पन्न भएको छ । अछाम जन्म घर भइ हाल जापान बस्दै आएका अछामी युवाहरुले गठन गरेको मञ्चले जापानको टोकियो स्थित शिनओकुबोमा भेला सम्पन्न गरेको हो ।

‘विदेशि भुमिमा आत्मियता धरोहर, समुन्नत समाज, कुप्रथा, भ्रष्टाचारमा हाम्रो सरोकार’ भन्ने नाराका साथ सम्पन्न भेलाले लोकेन्द्रजंग कुँवर ‘लोचन’को अध्यक्षतामा समिति गठन गरिएको छ ।

accham

जसको उपाध्यक्ष अमित विष्ट, सचिव राजेन्द्र बुढथापा, सहसचिव तुलाराम देवकोटा, कोषाध्यक्ष रविन्द्र रावल, सदस्यमा निरज रावल,दिलिप सिंह तिमिल्सैना ‘थोमस’, रमेश रावल, शिसिर कुवँर , अमर बहादुर विष्ट, रमेश कुवर, लोकेन्द्र तिमिल्सैना, कोषराज रिमाल,तिर्थ उपाध्याय, प्रकाश ढकाल, अनिल खड्का रहेका छन् ।

यस्तै भेलाले सल्लाहाकार समिति पनि गठन गरेको छ । सल्लाहाकार समितिमा टक्कर कुँवर, नृप बुढा र इश्वर थापालाई चयन गरेको जनाएको छ ।

अध्यान अथवा कामको सिलसिलामा जापानमा बसोबास गरिरहेका अछामी बीच आत्मियता बढाउन समितिले बिशेष भुमिका खेल्ने मञ्चले जनाएको छ ।

अछाममा रहेका दुःखी असाहय गरिबहरुलाई सहयोग गर्न र विपतका घटना भए आर्थिक सहयोग गर्ने उदेश्यले अछाम सरोकार मञ्च जापान गठन गरेको समितिका अध्यक्ष कुवरले बताए ।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank