तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किए

बिहिबार, जेष्ठ १५, २०७७



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ ।

आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा १ चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments