गर्भपतन गर्नु कहिल्यै ठिक हुँदैन: पोप फ्रान्सिस

आइतवार, जेष्ठ १२, २०७६



भ्याटिकन सिटी । इसाई धर्म गुरु पोप फ्रान्सिसले गत शनिबार भने, “गर्भपतन गर्नु गराउनु ठिक हुँदैन । यस्तो कार्य क्षमायोग्य हुन सक्दैन ।”

धर्म गुरुले जोड दिए । डाक्टर र पादरीलाई अनुरोध गरे । गर्भधारणको प्रक्रिया पूरा गर्न परिवारलाई सहयोग गर्नुहोस । गर्भधारणका विषयमा भ्याक्टिन सिटीमा आयोजित सम्मेलनमा धर्म गुरु पोपले भने, “गर्भपतनको विरोध कुनै धार्मिक मुद्धा हैन । वल्की यो मानवीय विषय हो ।”

उनले जोड दिदैं भने, “यो गैर कानूनी यस कारण छ कि एक समस्या समाधान गर्नको लागि तपाई कसैको जीवन समाप्त गर्दै हुनुहुन्छ ।” पोपले प्रकाश पार्दै भने, “कुनै समस्या सुल्झाउनको लागि हत्यारा बन्नु अबैध छ ।” पोपले जन्म पूर्व परिक्षण गर्दै परिक्षणका आधारमा गर्भपतन गर्ने फैसलाको आलोचना गर्दै भने, “मानिस जीवनमा परस्पर विरोधी बन्नु हुँदैन ।”

जहाँ सम्म गर्भमा रहेको वा नजन्मेको शिशु जसको नियतीमा जन्मको समय वा जन्मनासाथ मृत्यु लेखिएको छ । उसलाई पनि गर्भमा बढ्ने अधिकार छ । गर्भको दौरान उक्त शिशुलाई चिकित्सकिय देखभालको जरुरत पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank