यसकारण ढिलाई भयो भारतीय वायु सेनाका कमान्डर अभिनन्दनको हस्तान्तरण

शनिबार, फाल्गुन १८, २०७५



एजेन्सी । पाकिस्तानले भारतीय वायु सेनाका कमान्डर एवं पाइलट अभिनन्दन वर्तमानलाई शुक्रबार राती भारतलाई हस्तान्तरण गर्यो । भारतीय समय अनुसार राति ९ः२१ मा अभिनन्दनले पाकिस्तानको सीमाबाट भारतीय भूमिमा पाइला राखेका थिए ।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार अभिनन्दनलाई दिउँसो १२ बजे नै भारत हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर पाकिस्तानले यसमा तीन पटक समय फेरेको थियो । अन्ततः रातको ९ बजेपछि अभिनन्दनलाई भारत सुम्पिइयो ।

यो ढिलाईको कारणबारे पत्रिकाले लेखेको छ, ‘भारत फिर्ता गर्नु अघि पाकिस्तानले उनको बयानको भिडियो रेकर्ड गरायो । भारतको सामाजिक सञ्जालमा समेत भाइरल भइसकेको उक्त भिडियोमा कयैन कट देखिन्छ । जसबाट भिडियोमा कयैन पटक सम्पादन भएको बुझ्न सकिन्छ ।’

अभिनन्दन सवार मिग २१ लडाकू विमान बुधबार पाकिस्तानी भूमिभित्र दुर्घटनाग्रस्त भएको थियो । विमानबाट प्यारासुटबाट उम्केर ज्यान बचाएका अभिनन्दनलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको तित्तताको समयमा उनको पक्राउलाई भारतको लागि धक्काको रुपमा हेरिएको थियो ।

विहिबार पाकिस्तानको संसदमा सम्बोधन गर्दै त्यहाँका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलट फिर्ता गर्ने घोषणा गरेका थिए । पाइलटलाई ‘शान्तीको सकेंत’को रुपमा भारत फिर्ता गर्न लागिएको  प्रधानमन्त्री इमरानले बताएका थिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank