सीमा नाघे साहित्य हुँदैन

शनिबार, चैत्र १०, २०७४

- प्रा.डा. अभि सुवेदी साहित्यकार



पहिला कविताले मात्र डोमिनेट गरेको थियो । तर आज अवस्था त्यस्तो छैन । अहिले उपन्यास विधामा धेरै कृति आएका छन् । पहिला नाटक लेखेर किताव छापिन्थ्यो । विस्तारै नाटक पनि दुई ढंगले लेख्न थालियो । पहिला नाटकलाई साहित्य मात्र हो भनिन्थ्यो । त्यो पनि मञ्चमा आयो । अहिले गजल पनि आएको छ । अब साहित्य बहुल धारमा लेखिदै छ । विधा पनि धेरै भएका छन् । समालोचना चाहिँ कमजोर हुँदै गएको छ ।
……….
साहित्य र दर्शनमा जहिले पनि द्धन्द्ध रहन्छ । सीमा नाघियो भने साहित्य हुँदैन । त्यो त आश्रममा बाँढिने किताव भएर बस्छ । साहित्य भनेको साधारण नै हुुनुपर्छ । प्रकाशनको हिसावले साहित्यमा धेरै युवा आकर्षित भएका छन् । त्यसले सिर्जनाको धेरै ठूलो सम्भावना देखाउँछ । स्तरहीन कुराहरु पनि धेरै आएका छन् । घटना हुन पाएको छैन, उपन्यास लेखिसकेको हुन्छन, त्यसले उपन्यासलाई पनि धरासायी बनाउँछ । कुल भएर हेरेपछि मात्र लेख्न बस्नुपर्छ ।
……….
अध्ययन–अनुसन्धान गरेर नलेख्ने हो भने नेपाली साहित्य ओरालो लाग्ने छ । किनकी नेपाली साहित्यका चुनौती धेरै छन् । अपवादबाहेक साहित्यकर्मीमा निराशा र अनिर्णयको अवस्था छ । अस्थिर राजनीतिकै कारण अस्तव्यस्त अवस्थामा के गर्ने, कसो गर्ने भन्ने भावना आउँछ । समाजमा देखिएको निराशा लेखनमा पनि पर्छ । जे छ ठिकै छ भन्ने हिसावले मात्र गइयो भने भद्रगोल हुन्छ । नेपाली साहित्यलाई उचाईमा पु¥याउन एकाग्र भएर लाग्नैपर्छ ।
(कुराकानीमा आधारित)

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank