सैनिक जनरल सुलेमानीको बलिदानलाई ‘छायाँमा’ पार्न हुँदैन – नेता खामेनी

शनिबार, माघ ४, २०७६



एजेन्सी  । मध्यपूर्वी एसियाली देश इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले यूक्रेनी विमान इरानी आकाशबाट ‘भुलवस’ खसालिनु ‘तीतो’ यथार्थ भएको बताएका छन् । उनले  अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सैनिक जनरल कसिम सुलेमानीको बलिदानलाई इरानी जनताले कुनै पनि हालतमा ‘छायाँमा’ पार्न नहुने बताए ।

सर्वोच्च नेता खामेनीले राजधानीमा दिएको प्रवचन दिँदै भने, “विमान खसालिनु तीतो दुर्घटना हो, यसले हरेक इरानी नागरिकको मन जलेको छ ।” यूक्रेनी विमानमा मृत्यु हुने अधिकांश इरानी, क्यानडाली तथा यूक्रेनी नागरिक रहेका थिए ।  “केही व्यक्तिले विमान दुर्घटनासँग जोडेर इरानी विशेष बलका मेजर जनरलको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका छन्,” इरानी जनताका लागि यो दुखद् कुरा हो ।

 शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिद्मा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका उनले बताए ।

खामेनीले भने, “अमेरिकी आक्रमणमा इराकमा मारिएका जनरल सुलेमानीको योगदान इरानमा मात्र सीमित थिएन । सुलेमानीको विरोधमा इरानमा भएका प्रदर्शनमा सहभागी केही सयको सङ्ख्यामा रहेका व्यक्ति इरानी हुन् कि सुलेमानीको मृत्युमा शोक मनाउन लाखौँको सङ्ख्यामा सडकमा उत्रिएका व्यक्ति इरानी हुन् यसलाई बुझ्नु जरूरी छ ।”

खामेनीको धार्मिक सम्वोधनपछि शुक्रबार नै सुलेमानीको सम्मान, इरानी सैनिक बल र क्रान्तिकारी लडाकू समूहको पक्षमा प्रदर्शन गर्न इरानी अधिकारीहरूले आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments