रुपन्देहीका अधिकांशस्थलमा आवतजावतमा रोक

शनिबार, जेष्ठ ३, २०७७



गैडहवा र कञ्चन गाउँपालिकाका सीमा जोडिएका छन् । दुई गाउँपालिकासँग जोडिएको सैनामैना नगरपालिकमा  समेत उच्च सतर्कता अपनाइएको छ ।  ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई गाउँपालिका कार्यपालिका बैठकले अनुमोदन गरेको हो ’, कञ्चनका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले भने । सो निर्णय यही जेठ ५ गतेसम्म लागु हुने छ ।

गैडहवा गाउँपालिकामा पनि कोरोना सङ्क्रमित  फेला परेपछि आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाले पनि नगरपालिकाको दक्षिण भेगका सहायक प्रवेश नाकामा आवतजावत गर्न रोक लगाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले बताए । यसअघि कपिलवस्तुदेखि पश्चिम नवलपरासीको सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी साँंस्कृतिक नगरपालिका तथा समरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिकामा आवतजावत गर्न रोक लगाइएको थियो । रुपन्देहीमा अहिलेसम्म २८ कोरोना भाइरसको सङ्क्रमणका बिरामी भेटिएका छन् । उनीहरु अधिकाश भारतबाट आएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments