आत्महत्या

शनिबार, साउन ३२, २०७६

- सीता ओझा



आत्महत्या

राघव र सुनिताबीच निकैबेर कोठाभित्र गुनगुन चल्यो ।
कुनै बेला सुनिता रोएको आवज आउथ्यो भने कुनै बेला राघवको घ्वा..घ्वा .. !
न ढोका खोल्न सकिन्थ्यो न चिच्याउन नै !
जोइपोइको कुरामा अरू जस्केलाबाट छिर्नु नि त भएन नि ।

एकछिनको रूवाबासी पछि राघव फुतै निस्किएर हिड्यो ।
सुनिता पनि पच्छाउदै थिइ । राघवले , ” घर समालेर बस है ! सन्तानको विच्चलि गर्न भएन । मैले केही सोच्न सक्या छैन । औधी छट्पटी भो , के गरौं ? कसो गरौं भएर हिडेको ।” भन्दै निस्कियो ।

अलिपर पुगेछि चिच्याउदै राघव करायो, ” माथि झोलाको सामानको जतन गरेस् है । आपतमा काम लाग्छ । ”
सुनिता आँखाभरि आँसु पारेर  बार्दलीबाट हेरिरहेकी थिइ । एकोहोरिएर हिडेको राघव देखिनै छोड्यो ।

स्कुल हिड्न जुत्ता खोजिरहेकी सानी छोरीको रून्चेस्वर सुनेर सुनिता हतारिदै तलझरि र जुत्ता र मोजा खोजेर छोरीलाई लगाइ दिइ अनि स्कुल पठाइ ।
” बाइ  ” भन्दै छोरी हिडेको आधा घण्टा नहुदै छोरी चिच्याउदै घरतिर आएको देखेर सुनिता छोरी आउदै गरेको तिरै दौडी ।

छोरीलाई भेट्ने बित्तिकै  अँगालो हालेर म्वाई खाइ, सुमसुम्याइ । तर पनि छोरीले रूनछोडिन ।

समाल्न नै कठिन भएको देखेर सुनिता अतालिदै कराइ, ” कोही त यता हेर्नुस न ! छोरी अललि ,खै के गर्ने होला ? ”
सुनिता चिच्याउदै थिइ तर कसैले सुनेका थिएनन् ।

बाटोको पल्लोछेउबाट रामबाबु कराए, ” ए राघव तैले के गरेको हँ ? के चाला हो यस्को ? ए बुहारी वरपर खवर गर्दै यता आउ त ! ”
अललिएकी छोरीलाई छोडेर सुनिता लड्दै कराउदै रामबाबु भएतिर जाँदै थिइ । खोल्सा मुनिको रूखमा त राघव झुन्डिएको देखि सुनिताले , “हे इश्वर ! यो के भएको हो ? भर्खरै कुरा गरेर निस्केको मानिस ” भन्दै सुनिता त्यहि ढलि ।

रामबाबुलाई  वित्यास  पर्यो । तर पनि  माथिल्लो घरको साघरकोलाई बोलाउछु भनेर कराउदै गर्दा सुब्बीनीले  सुनिन् र हल्लाखल्ला गर्दै सबै जुटे ।

” लासलाई छुने कुरा भएन, ए साहिला प्रहरीलाई फुन गर त तैले ” रामबाबुले भने  ।
महिलाहरूले सुनिता र छोरीलाई उठाएर आँगनमा लगेर पानी खुवाए, चिसो पारे ।
एकछिन पछि सुनिता र छोरी दुवै  होस आए ।

त्यतिन्जेलमा प्रहरीको भेन आयो । रूखको डोरी काटे । लास भएको ठाउँतिर रातो घेरा लगाए  र केही प्रहरी जवानहरू कुरेर बसे भने केही राघवको घरतिर आए ।

प्रहरीले सुनितालाई सामान्य सोधपुछ गरे ।  सामान्य सोधपुछ मै सुनिताले  एकछिन अघि भएको सबै कुरा भनी, “अफिसका हाकिमले तनाब दिए, अपहरण गरे, केटीको पिछा लगाए । डबल पैसा दिन्छु भने हुदाखादाको जागिर छुटाए । न बैंकको रिन तिर्न पाइयो न छोराछोरीको स्कुल फि । न तिमीलाई घरखर्च दिन सके भन्दै रूनु भयो । अनि एउटा रेकर्डर  जतन गरेर राख्नु है भन्दै निस्कनु भएको अहिले यो गति भयो ” भन्दै कोकोहोलो हुनेगरि रोई ।

“हामीलाई दिनुस् न त त्यो रेकडर ” भन्दै प्रहरीले सुनितालाई उठाए । माथि गएर झोलाबाट झिकेर सुनिताले रेकडर प्रहरीलाई दिई ।

प्रहरीले त्यहि रेकडर खोले । खोल्ले वितिकै राघवको स्वरमा रेकड भएको कार्यलयिय दवाव,ब्ल्याक मेलिङ्गका कुराहरू सबैले सुने , “सुनिता छोराछोरी तिम्रो जिम्मा राम्रो पढाउनु है । दाजु आमाबुवासगँ बस्नु , मेरा छोरा छोरीले मेरो आस मार्नु , राम्रो पढ्नु, आमाको हेरविचार गर्नु, सज्जन मान्छे बन्नु म अब रहन्न ।”

” यो क्यासेटमा भएको प्रमाणका आधारमा मेरा अफिसको हाकिम नै हो त्यस हत्यारालाई कानुनि कार्वाही गर्नु । ” यस्तो सुनेपछि प्रहरीले राघवको लास पोष्टमाटमको लागि प्रहरीको भेनमा राखे र सुनितालाई भने,

” हामीलाई सहयोग गर्नु होला, एउटा ज्यान मार्ने अभियोग गरेको भनेर जाहेरी दिनु होला । हामी त्यसको आधारमा अनुसन्धान अगाडि बडाउछौ ।”  भन्दै बाहिरिए । मिनेटभरको राघवको क्रियाकलाप देखेर स्तब्ध भएका गाउँले सबै आतिए ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata