आमालाई चिट्ठी ।

बुधबार, चैत्र १९, २०७६

- रामेश्वर चौलागाईं



आमालाइ चिट्ठी ।

आफ्नै देशमा रोजगारी नपाएपछी आमा।
परिवार पाल्न म लुसुक्क विदेश भागेको आमा।
पल्लाघरे काकासँग ऋण लिएर आएको आमा।
तपाइको मन नदुखोस् भनेर पो नभनेको आमा।
तर ऋणको भन्दा जिवनकै चिन्ता लाग्यो आमा।
त्यसैले अब फर्किने अठोट मैले गरे आमा।

भोक निद्रा नभनि अब हिडेरै आउने भए आमा।
दशगजामा चोरबाटो फेला पार्न सके भने आमा।
मेरा नदिमा हामफाल्दा पार गर्न सके भने आमा।
सुरक्षाकर्मीले दाजुभाइ सम्झेर कुटेनन् भने आमा।
मेरो व्यवस्थाले नागरिक सम्झियो भने आमा।
मैले लडेर ल्याएको  व्यवस्था रहेछ यो भने आमा।

मलाई कोरोना होस, नहोस् आउन दियो भने आमा।
उपचार गर्न होसकी क्यारेन्टाइनमा रहनु परोस् आमा।
मेरो राज्यले उपचार सामग्री व्यवस्था गरेपछी आमा।
मैले पसिनाले पठाएको रेमिटेन्स देख्यो भने आमा।
कुनै बेला फरमान जारी गर्यो यदि भने आमा।
अरु देशले आफ्ना नागरिकलाई गरेको सुन्यो भने आमा।

ती ध्वजावाहक हुन् या विमान पठाए भने आमा।
मुग्लानको दु:ख, पीडा अनुभुति गर्यो भने आमा।
धेरैलाई जस्तै मलाई रोगले गाजेन भने आमा।
अहिले जसरि नै सास फेरिरहन सके भने आमा।
अब फर्केर जन्मघर आउन चाहन्छु आमा।
यो चैते दशै परिवारसँगै मनाउन चाहन्छु आमा।
मातृभूमिमै अब केही गर्न चाहन्छु आमा।
नेपाल आमाकै काखमा मर्न चाहन्छु आमा।

– रामेश्वर चौलागाईं 
raamesh2031@gmail.com

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments