आमा !

शुक्रबार, बैशाख २०, २०७६

- सीता ओझा



आमा हाँसी दिँदा आकासमा म उड्छु
आमा साथमा हुँदा  चन्द्रमामा  कुद्छु
भोक भोकै  बसेर  आमा शब्द खोज्छु
सिरानीको छेउमा  कुरि  बस्या भेट्छु

रिसाएर बस्छु अनि म बोल्दिन  पनि
नकुरी कटाक्ष मर्डार्दै  दुगर्छु म फेरि
तर पनि आमा साथै साथमा भेट्छु
ओइलाएर म त्यसै विछ्छौनामा सुत्छु

आमा ! आमा भन्दै  यताउता  खोज्छु
नजिकै पुगेर पुन : बोल्न म अल्मलिन्छु
आमालाई  हेर्दै  मुस्कुराउन म खोज्छु
के भो बाबा,भन्दै तिनैले मुसारेर बस्छिन्

बजारेर खुट्टा फेरि घुर्काउन म खोज्छु
लेप्य्राएर ओठ चिमोट्न पनि मै  खोज्छु
लुकिछिपि चोरेर पनि म हैरान  पार्छु
मुस्कुराउदै आमा पापालेर छेउ बस्छिन

तिनै आमा कहिले हपारेर बोल्छिन विछट्टै
तिनैले पकाएर परिकार दिनलाई सम्झिन्छिन्
साँझ बिन ए सानू ! भनेर आशिर्वाद दिन्छिन्
नदेखे नजरले आतिएर सारा तिनै दौडिदिनछिन्

तिनै आमा कुनै दिन  छोडी जान्छिन् मलाई
त्यो सम्झि मेरो मन बहकिन्छ अनि छट्पटीन्छ
कसोरी? भनौ  खै  म  ! नछोड तिम्ले मलाई
न भनौ भने  पनि भक्कानिएर दुख्दोरैछ नटेरी !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank