७५० जनाको आँखा परीक्षण

शुक्रबार, जेष्ठ ११, २०७५

- एलीना कार्की



रामेछाप ।
रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा सञ्चालित तीन दिने आँखा शिविरमा ,दुई दिनमा ७ सय ५० जनाले आँखा परीक्षण गराएका छन् ।

आज शिवीरको अन्तिम दिन पनि परिक्षण भईरहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्ययक्षता रामेछाप नगरपालिका–१ गोठगाउँका वडाध्यक्ष नरबहादुर थापाले गरेका थिए भने शिविरको उद्घाटन नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेलले गरेका थिए ।

nar b thapa

कार्यक्रममा समाजसेवी किरण मोक्तानको विशेष अतिथ्यता रहेको थियो ।

devshankar paudel devshankar

शिविरबाट मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पनि निकै लाभान्वित भएको बताईएको छ ।

samudaya
मोतियाबिन्दुको शल्याक्रिया सेवासहितको उक्त शिविर फिल्मशाला र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । कार्यक्रममा वडा कार्यालय गोठगाउँ, गोठगाउँ स्वास्थ्य चौकी, गोठगाउँ जनमुखी बचत तथा ऋण सहकारी संस्था लगायतले पनि सहकार्य गरेका छन् ।

424 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank