आजको मौसम : कतै कुहिरो, कतै हुस्सु

आइतवार, पुस ६, २०७६



काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा तथा तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने र भने वांकि भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । आज राति देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने र बाँकी भूभागमा मौसम समान्यतया सफा रहने जनाइएको छ ।

भोलि सोमबार दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने तथा  वाँकी  भूभागमा मौसम समान्यतया सफा रहने जनाइएको छ ।

भोलि राति देशभर आंशिकदेखि सामान्य बदलीको  अवस्था रहने महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो  देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहने र देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने जनाइएको छ ।

तराईमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसबाट हुने चिसोको प्रभावबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments