गोठमा आगलागी हुँदा एकको मृत्यु

शनिबार, पुस ५, २०७६



गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ स्थित नयाँ पोखरामा आज राति एक गोठ जल्दा एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष तोयानाथ सापकोटाले गोठ जल्दा स्थानीय ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार स्थानीय चिन्ताबहादर नेपालीको गोठमा नरबहादर राति आएर सुतेका थिए ।

 गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments