आगलागी हुँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट

सोमवार, कार्तिक २५, २०७६



रौतहट । जिल्लाको  कटहरिया नगरपालिका-७, बगहीको एकघरमा आगलागी हुँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतबार साँझ परालको कुन्युबाट शुरु भएको आगलागी सल्किएर स्थानीय शेख सितार महमदको घरमा आगलागी भएको हो ।

कटहरिया–७ का वडा अध्यक्ष हरीभजन साहले बताएअनुसार  आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा गरी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ  ।

कटहरियाका कपडा व्यापारी तथा समाजसेवी नसरुदिन अन्सारीको पहलमा गौरबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण भई अन्य घरहरु जल्नबाट जोगिएको घटनास्थल गएका सशस्त्र वेस क्याम्प दुधियाभारका प्रमुख सशस्त्र प्रहरी नायव निरिक्षक चेत बहादुर बुढाले जानकारी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata