२०७५ को पहिचान पुरस्कार ‘आफर’ र ‘नथिया’लाई

शनिबार, बैशाख ७, २०७६



काठमाडौं । उन्मुक्त पुस्ताको संयुक्त कवितासंग्रह ‘आफर’ र सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ संयुक्त रूपमा २०७५ को पहिचान पुरस्कारद्वारा पुरस्कृत भएका छन्।

48912121_10218259465385196_4592131204127391744_n

पूर्वकूलपति एवं कवि बैरागी काइँलाले लेखक प्रतिक्षा र ‘आफर’कविता संग्रहका ८ जना कविमध्येबाट कवि माधव घिमिरे अटललाई शनिबार पुरस्कार प्रदान गरेका हुन्।

nathiyaaa_20190419155317 - Copy 57882294_10161786836915595_8768481051124170752_n - Copy

पहिलोपटक महिनावारी हुँदा नाकमा नथिया (नथुनी) लगाउने तर पहिलो ग्राहकसँगको संसर्गपछि नथुनी उतारेर विधिवत रुपमा यौन धन्दामा लाग्ने वादी समुदायमाथि लेखिएको उपन्यास हो नथिया ।

उक्त पुरस्कारको राशी २ लाख २ हजार रुपैयाँ थियो।पुरस्कारको राशी अर्को वर्ष ५० प्रतिशतले वृद्धि गरी ३ लाख ३ हजार रुपैयाँले वितरण गर्ने घोषणा गरिएको छ ।

58376957_10161786836895595_8716663739576745984_n - Copy

57504098_10161787024270595_5411659720672935936_n - Copy

57503013_10161787024315595_8646448987156512768_n - Copy

57484630_10161787024100595_7214237334227648512_n - Copy

58376295_10161787024075595_3608068400347086848_n - Copy

57484630_10161786836880595_7677468540856696832_n - Copy

57433624_10161787024245595_3774934382377172992_n - Copy

57154772_10161786836855595_2857327921100488704_n - Copy

त्यस्तै ‘आफर’ दलित मुक्तिको मुद्दामा लेखिएको कविताको संग्रह हो । यसमा उन्मुक्त पुस्ताका आठ कवि केवल बिनाबी, केशरी अम्गाईं, केशव सिलवाल, प्रकाश गुरागाईं, माधव घिमिरे अटल, मुक्तान थेबा, राजु स्याङतान र हरीशरण परियारका ३३ कविता समावेश छन् ।

यस वर्ष पहिचान पुरस्कारका लागि उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ छानिएका थिए ।

निर्माणाधीन-अपार्टमेन्टबाट-१५-फुट-लामो-रड-गुडिरहेको-कारमा-खस्यो-2 - Copy

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank