प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित

सोमवार, असार १८, २०७५



काठमाडौ ।

प्रतिनिधि सभाको आईतबारको बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ ।

बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो सं

शोधन) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको छ ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले उक्त विधेयकलाई टेबुल गरेका हुन् । त्यस्तै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शुन्य तथा विशेष समयमा बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
आजको विशेष समयमा बोल्दै सांसद भरतकुमार साहले सरकारले जुम्लामा डा.गोबिन्द केसीको अनशनमा माथि धरपकड गरेको तथा डा.केसीलाई अहिले चिसो अँध्यारो कोठामा राखिएको भन्दै सरकारको उक्त रबैयाको घोर भत्सर्ना गरेका छन् ।

सांसद साहले अनशन, धर्ना र प्रदर्शन गर्न पाउने संविधान प्रदत नेपाली नागरिकको मौलिक हकको विपरित गएर सरकारले माईतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएको भन्दै विगतमा थुप्रै शिर्ष नेताहरुले समेत उक्त स्थानमा प्रदर्शन गरेको स्मरण गर्दै सो निर्णयलाई तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे ।

उनले प्रख्यात सुन तस्करी प्रकरणमा स्वयं प्रधानमन्त्रीले गृहमन्त्रीलाई काम गर्न नदिएको भन्ने कुरा पत्रपत्रिकामा आएकाले सुन तस्करीमा भरिया मात्र पक्राउ पर्ने तर ठूला माछा चाहिँ अहिलेसम्म नसमातिनु आश्चर्य भएको भन्दै सभामुख मार्फत सरकारको ध्यनाकर्षण गराएका छन् ।
त्यस्तै सांसद विमल प्रसाद श्रीवास्तवले पर्सा जिल्लाका जनताले हुलाकी राजमार्गमा परेको आफ्नो जमिनको मुआब्जाको ६० प्रतिशत रकम अझै प्राप्त गर्न नसकेको भन्दै उनीहरुलाई तत्काल भुक्तानी दिन सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सांसद भैरव बहादुर सिंहले बझाङ जिल्लामा अहिले योङ्ग रेड कम्युनिष्ट लिगले जनप्रतिनिधिलाई धाक धम्की दिने र कालोमोसो दलेर आतंकीत पारिरहेको बताउँदै निर्वाचित जनप्रतिनिधिहरुलाई बजेटको १० प्रतिशत आफूहरुलाई दिन दबाव दिइरहेकाले यस तर्फ ध्यान दिन सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
उनले ती अराजक समूहले खुकुरी, भाला सहित आएर हालै कार्यालयमै साईपाल गाउँ पालिकाका अध्यक्ष राधाकृण जोशी र मस्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतलाई त्रसित बनाई कालोमोसो दल्दै राजीनामा दिन दबाब दिइरहेकाले उक्त अपराधिक समूहलाई कानूनी दायरामा ल्याई कारबाही अगाडि बढाउन सरकासँग जोडदार माग गरे ।
त्यस्तै विशेष समयमा सांसद प्रकाश रसाइँलीले प्रधानमन्त्रीले आफ्नो चाईना भ्रमणका क्रममा लिपुलेकको विषयमा कुरा नउठाउनु र बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्नु तथा डा.गोबिन्द केसीको अनशनमामा हस्तक्षेप गर्नुको कारणबारे प्रश्न गर्दै यस विषयमा जानकारी दिन सरकारसँग माग गरेका छन् ।
सांसद शान्तिमाया तामाङले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा दोलखाली बासीन्दाको लागि छुट्याइएको शेयर लगानीको लागि आवेदन फारम खुल्ला भए पनि अहिले बालीनाली लगाउने बेला भएकाले सो अवधिलाई एक महिना पछि सार्न सरकारसँग माग गरेकी छिन् ।
सांसद तामाङले उक्त शेयरको आवेदन स्थानीय वडा, गाउँपालिका कार्यालय तथा अनलाईन मार्फत समेत आवेदन दिने सकिने व्यवस्था मिलाउन आग्रह समेत गरिन् ।
यसैबीच, सभामुख कृष्णबहादुर महराले सरकारको नाममा रुलिङ समेत गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख महराले सांसदहरुले शुन्य तथा विशेष समयमा उठाएको समसामयिक विषमया सम्बन्धित मन्त्रीले जवाफ दिने नयाँ नियमावलीको दफा १५(२) मा व्यवस्था भएकाले त्यस तर्फ ध्यान दिन सरकारलाई विशेष ध्यानाकर्षण समेत गराएका छन् । प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ ।

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank