बाबुरामको संयोजकत्वमा अचेत बिरामीलाई ५७ हजार सहयोग

मङ्लबार, पुस ८, २०७६



काठमाडौं । स्वास्थ्य लाभको कामनासहित युवराज आचार्य बचाउ अभियानअन्तर्गत संकलित रकम हस्तान्तरण गरेको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी निवासी सरस्वती उच्च माविमा कार्यरत कर्मचारी युवराज आचार्य असोज ३ गते एम्बुलेन्स दुर्घटनामा गम्भीर घाईते भएका थिए ।

उनलाई समाजका उपाध्यक्ष चिरञ्जीवी आचार्य, महासचिव बाबुराम आचार्य, प्रदेश नम्बर ३ का अध्यक्ष जयराज आचार्य लगायत अस्पताल पुगी सहयोग रकम हस्तान्तरण गरेका हुन् । चिकित्सकको भनाई अनुसार अवस्था अझै सुधारोन्मुख छ । थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालबाट काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको पाँचौ तल्लामा भर्ना गरिएको छ, हाल पनि अन्नपूर्ण अूपतालमा नै उपचाररतः छन् ।

विराटनगरबाटै काठमाडौ ल्याउदा साढे १० लाख माथी खर्च भइसकेको पारिवारिक श्रोतले बताएको छ । पारिवारीक अवस्था पनि कमजोर भएको र चिकित्सकका अनुसार अझै ६ महिना भन्दा बढी नै अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएका कारण परिवारले सहयोगको अपेक्ष गरेको थियो । सहयोग रकम संकलन संयोजक तथा समाजका केन्द्रीय महासचिव बाबुराम आचार्यले आचार्य बन्धु समाजले विगतदेखी नै शिक्षा स्वास्थ्य क्षेत्रमा विभिन्न तरिरकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यथासक्य सहयोग जारी राख्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments