‘आभा काव्य लहर-७’ सम्पन्न

शनिबार, माघ २५, २०७६



काठमाडौं । शनिबार आभा For Creativity को त्रैमासिक कार्यक्रम ‘आभा काव्य लहर’को सातौँ शृंखला राजधानीको सर्वनाम थिएटर सम्पन्न भएको छ ।  कविता विशेष उक्त कार्यक्रममा चार कविहरूका २० कविता सुनिएको थियो ।

Untitled design (12)

भोजपुरबाट कवि शैलेन्द्र साकार, भोजपुरबाट कवि श्रवण मुकारुङ, भोजपुरबाट कवि विप्लव ढकाल र खोटाङ कवि नविन प्यासीले आ-आफ्ना  ५/५ कविता वाचन गरेका हुन् ।

Untitled design (16)

नियमित रचना वाचनको ३० औं शृङ्खला समापन गरिसकेपछी विशेष शृङ्खला संचालन गर्ने उद्देश्य हेतुले ‘आभा काव्य लहर’ नामको काव्य अङ्क शुरूवात गरेको आभाले आफ्नो पहिलो शृङ्खला कविता विशेष राखेको थियो ।

Untitled design (13)

कविता र गजलका कार्यक्रम एकपछी अर्को गर्दै तीन-तीन महिनाको अन्तरालमा संचालन गर्दै आएको आभाले ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी शुरु गरेको हो  ।

Untitled design (14)

‘पठन संस्कृतको विकास, सिर्जनशीलताको विकास’ भन्ने उद्देश्यका साथ् भएको आभाले साहित्यका अलावा चित्रकला, प्रफमेन्स आर्ट, संगित लगायत जनचेतना र समाजसेवामा समेत अनवरत रुपमा कदम चालिरहेको संयोजक अन्शु खनालले बताइन् । आभाको आगामी शृंखला गजल विशेष रहनेछ ।

 Untitled design (15)
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments