‘आभा काव्य लहर-६’ सम्पन्न 

सोमवार, मंसिर २, २०७६



शनिबार आभा For Creativity को त्रैमासिक कार्यक्रम ‘आभा काव्य लहरको छैठौं शृंखला राजधानीको सर्वनाम थिएटर सम्पन्न भएको छ । गजल विशेष उक्त कार्यक्रममा चार गजलकारहरूका २० गजल सुनिएको थियो ।

4

तनहुँबाट रुपक वनवासी,  सुर्खेतबाट महेन्द्र चन्द ‘महासागर’,  बुटवलबाट नकुल पौडेल र बर्दियाबाट पृथक् हिमाल ओलिले आ-आफ्ना ५/५ गजल वाचान गरेका हुन् ।

1

नियमित रचना वाचनको ३० औं शृङ्खला समापन गरिसकेपछी विशेष शृङ्खला संचालन गर्ने उद्देश्य हेतुले ‘आभा काव्य लहर’ नामको काव्य अङ्क शुरूवात गरेको आभाले आफ्नो पहिलो शृङ्खला कविता विशेष राखेको थियो ।

2

कविता र गजलका कार्यक्रम एकपछी अर्को गर्दै तीन-तीन महिनाको अन्तरालमा संचालन गर्दै आएको आभाले ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी शुरु गरेको हो  ।

3

पठन संस्कृतको विकास, सिर्जनशीलताको विकास भन्ने उद्देश्यका साथ् भएको आभाले साहित्यका अलावा चित्रकला, प्रफमेन्स आर्ट, संगित लगायत जनचेतना र समाजसेवामा समेत अनवरत रुपमा कदम चालिरहेको संयोजक योगेश घिमिरेले बताए । आभाको आगामी शृंखला कविता विशेष रहनेछ ।5

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata