आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद माग

मङ्लबार, कार्तिक १९, २०७६



निलम्वित सांसद मोहम्मद अफताव आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २ वर्ष कैद सजाय मागदाबी गरिएको रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बताए।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार दिउँसो नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको हो। मृतकका परिवारलाई क्षतिपूर्तिको मागसमेत गरिएको छ।

बम विस्फोटका दुई घाइतेसहित १२ जना मारिएको भन्दै मुद्दा दर्ता भएको न्यायाधिवक्ता कटुवालले बताए। आलमसहित मोहम्मद महताव आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई, गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ।

यो मुद्दामा मंगलबार थुनछेक बहस शुरु हुने जनाइएको छ। सरकारी पक्षबाट सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुन कोइराला र पर्सा जिल्लाका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी बहस गर्न रौतहट आउने भएका छन्।

आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata