आनीकाे शंकास्पद रकम मेगा बैंकद्वारा रोक्का

बिहिबार, जेष्ठ २३, २०७६



काठमाडौं । गायिका आनी छोइङ डोल्माको रकमको स्रोत नखुलेपछि मेगा बैंकले रोक्का गरिदिएको छ । आनीले हङकङबाट १५ करोड ‘शंकास्पद’ रकम नेपाल भित्र्याएको भन्दै मेगा बैंक नेपालले रोक्का गरिदिएको हो ।

उक्त रकम हङकङस्थित ‘एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक ब्यक्तिले आनीको खातामा रहम पठाएको खुलेको छ । एकै पटक स्रोत नखुलाएर यति ठुलो रकम आएपछि बैंकले नेपाल राष्ट्र बैंकको वित्तिय एकाइलाई जानकारी गराई छानवीन गर्न अनुरोध गरेको थियो।

रकमका विषयमा सम्पत्ति शुद्धिकरण विभागले छानवीन गरिरहेको जनाइएको छ । आनीले एक वर्ष अघि जनतासँग प्रधानमन्त्री कार्यक्रममा तुइन विस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रकमको चेक हस्तान्तरण गरेकी थिइन ।

रकम बारे गायिका आनीले विशुद्ध सामाजिक सेवाका लागि नेपाल भित्राएको दाबी गरेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata