रुकुम घटनाबारे छानबिन गर्न संसदीय समिति गठन हुने

शुक्रबार, जेष्ठ २३, २०७७



काठमाडौं ।पश्चिम रुकुमको चौहारीमा ६ जना युवाहरुको हत्याको विषयमा संसदीय विशेष छानबिन समिति गठन हुने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उक्त घटनाको विषयमा अध्ययन र अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने जानकारी गराएका हुन्। कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले राजनीतिक दलहरुसँगको छलफलपछि समिति बनाउने बताएका हुन् ।

संसदीय समितिमा कसकसलाई राख्ने भन्ने राजनीतिक दलहरूसँग छलफलपछि टुंगो लगाउने सभामुख सापकोटाले बताए । गत जेठ १० गते मल्ल थरकी केटि लिन गएका नबराज बिक सहितका १९ जना केटा मध्ये ६ जनाको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहितका १८ जना विरुद्ध थप १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments